५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई आजबाट कोरोना खोपको दोस्रो मात्रा

काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई आजबाट दोस्रो मात्रा खोप दिइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई सोमबारदेखि आउँदो आइतबारसम्म दोस्रो मात्रा खोप दिन लागिएको हो ।

दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ । बालबालिकालाई पहिलो मात्रा जस्तै दोस्रो मात्रा खोप पनि विद्यालयमै लगाइने मन्त्रालयले जनाएको छ ।

सरकारले पहिलो चरणमा प्रदेश-१ को झापा, इलाम, मोरङ र सुनसरी, मधेस प्रदेशको सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी, वाग्मती प्रदेशको काठमाण्डौै, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर, गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप लगाउन शुरु गरेको हो ।


प्रतिक्रिया दिनुहोस्