प्रतेक नेपालीको भागमा ६३ हजार ३१० ऋण प्रकाशित मिति : 29 May, 2022 7:50 am काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । यसलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ६३ हजार ३१० रुपैयाँ पर्न जान्छ ।