फुङलिङका मेयर मादेनको घोषणा : अब तोक्मेको हटियामा कर नलाग्ने प्रकाशित मिति : 21 May, 2022 8:46 am ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित तोक्मेडाँडाको हटियामा संकलन गरिने कर आउँदो श्रावणदेखि हटाउने भएको छ । फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले शुक्रबार आयोजित सफत ग्रहण कार्यक्रममा २०७९ श्रावण १ गतेदेखि हटियामा लगाइएको कर हटाउने जानकारी गराएका छन् । उद्योग वाणिज्य सँघको हलमा उपप्रमूख तथा वडाअध्यक्ष र सदस्यलाई सफत गराएपश्चातको मन्तव्यमा बोल्दै नगरप्रमूख मादेनले कर हटाउने जानकारी गराएका हुन् । यस्तै सदरमुकामसँग जोडिएका वडाका मुख्य सडकको स्तरोन्नती गरि बाह्रै महिना गाडी गुड्न मिल्ने गरि काम गर्ने भएका छन् । नगरमा विगतका जनप्रतिनीधिले गरेका राम्रा कामको निरन्तरता र नयाँ तथा रचनात्मक कामलाई प्राथमिकता दिइने उल्लेख गरेका छन् ।