खोक्लिङ । आज देशै भर भइरहेको स्थानीय तहको निर्वाचन अन्तरगत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ मा पनि मतदान सुरु भएको छ । ८२ वर्षीय गोकुल अधिकारीले मतदान गरे सङ्गै मोती मावि मतदान केन्द्रमा मतदान सुरु भएको हो । ७ बजे बाट सुरु हुने भने करिब ४० मिनेट ढिलो गरि मतदान सुरु भएको हो । निर्वाचनलाई पारदर्शी तवरले संचालन गरिएको निर्वाचन अधिकृत ठाकुर भण्डारिले बताए । निर्वाचनलाई चुस्त बनाउन ५ जना नेपाल प्रहरि र १० जना म्यादी प्रहरि खटाईएको प्रहरी नायब निरीक्षक डील्लीराम विश्कर्माले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्