शिक्षा, स्वास्थ्य, रोजगार र पुर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्नेछु : हाङबाङ प्रकाशित मिति : 7 May, 2022 6:49 pm ताप्लेजुङ । उच्च शिक्षा हासिल गरेपछि जागिर नै खानुपर्छ भन्ने मान्यता समाजमा व्याप्त छ । प्राय उच्च शिक्षा लिएकाहरु जागिरका लागि भौतारिन्छन् । धेरै जना शैक्षिक योग्यताको प्रमाणपपत्र बोकेर जागिरका लागि दौडिन्छन् । जागिर लाईदिन कै लागि नेतासँग हार गुहार गर्न पुग्छन् । जागिर नपाए पछि निरास भएर विदेशीनेकोे जमात पनि उस्तै छ । दैनिक रोजगार कै लागि पासपोर्ट बनाउनेको लर्को नै छ । शिक्षा हासिल गरेपछि आफ्नै गाउँलाई समृद्ध गाउँ बनाउछु भनेर लाग्ने कमै मात्र भेटिन्छन् । तिनै मध्येका एक हुन आठराई त्रिवेणी गाउँपालिका ३ का प्रजिन हाङबाङ । न उनी कहिल्यै शैक्षिक योग्यताका प्रमाणपत्र बोकेर जागिरका लागि दौडिए । न कहिल्यै विदेशीने सोच बनाएर पासपोर्ट बनाउने लाईनमा पुगे । उनि निरन्तर रुपमा आफ्नो गाउँको विकास र परिवर्तनका निम्ति लागे । परिवर्तनको सुरुवात आफुबाट नै गर्नुपर्छ भन्ने हाङबाङ गाउँपालिकाको विकासका निम्ति उम्मेदवारी दिएको बताउँछन् । उनि भन्छन्,“ परिवर्तन आफुबाट नै सुरुवात गरे मात्र सम्भव हुन्छ । त्यसैले आठराई त्रिवेणी गाउँपालिकाको परिवर्तनका खातिर मेरो उम्मेदवारी हो ।” शिक्षा, स्वास्थ्य, रोजगार, र पुर्वाधारको विकास हाङबाङको प्राथमिकतामा रहेका छन् । शिक्षालाई उत्पादसँग जोड्ने, कृषकलाई अनुदान दिएर होस या कृषिमा स्थानीय सरकारले नै लगानी गरि युवाहरुलाई परिचालन गर्ने उनको योजना रहेको बताए ।उनले भने,“ रोजगारीको सवालमा मुख्यतया कृषि पेशामा आवद्ध भएका कृषक र स्थानीय सरकारलाई जोडेर, अनुदान दिएर हुन्छ कि सरकार आफैले लगानी गरेर पालिका भित्रका युवालाई परिचालन गरेर हुन्छ कि मैले कृषिको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छु ।”प्राविधिक शिक्षा मार्फत श्रम र रोजगारलाई जोडेर स्थानीयको जीवन सुखि र समृद्ध बनाउने हाङबाङको सपना छ । गाउँ गाउँमा स्वास्थ्य केन्द्र भएपनि आधारभुत स्वास्थ्य सेवा दिनपनि असहज भईरहेको अवस्थाको अन्त्य गर्न आधारभुत वर्ग महिला, दलित, ज्येष्ठ नागरिक साथै अशक्त र अपाङ्गहरुलाई स्थानीय सरकारको तर्फबाट निशुल्क बनाउने अथवा सहयोग गर्ने कुरालाई उनले घोषणपत्रमा समेटेका छन् । पुर्वाधारको क्षेत्रमा हाल ट्रयाक ओपन भएका सडक सञ्जाललाई स्तरोन्नती गरेर बाह्रै महिना गाडी कुद्न सक्ने बनाउने साथै गाउँपालिका भित्रका आधारभुत वर्गको भविष्य अन्योलमा रहेको छ । यस सन्दर्भमा पालिका भित्र रहेका आधारभुत वर्गको भविष्यका जिम्मेवारी स्थानीय सरकारले लिने वातावरण बनाउन लाग्ने हाङबाङले बताए । साथै पर्यटन, धार्मिक, साँस्कृतिक र सामाजिक क्षेत्रको विकास निम्ति प्रतिवद्ध भएर लाग्ने उनको भनाई रहेको छ । हाङबाङ बिधार्थी जीवन देखि नै अखिल क्रान्तिकारीको राजनीतिमा लागे । सरस्वती माध्यमिक विद्यालयमा रहँदा अनेरास्ववीयू क्रान्तिकारी ईकाई कमिटी अध्यक्ष, ईलाका कमिटी अध्यक्ष हुँदै अनेरास्ववीयू क्रान्तिकारी जिल्ला अध्यक्ष साथै प्रदेश १ सहसंयोजक भएर विधार्थीको हकहितका निम्ति काम गरे । आफै विधार्थी नेता भएकोले उनले चाहेको भए भने जस्तै जागिर खान सक्थे । तर उनि जागिरको मोहमा परेनन् । बरु शिक्षित वर्गले राजनीति गरे मात्र समाजको परिवर्तन र विकास सम्भव छ भन्ने कुरालाई आत्मसाथ गर्दै राजनीतिमा लागि रहे । उनि अनेरास्ववीयू केन्द्रिय सचिवालय सदस्य, माओवादी केन्द्र ताप्लेजुङ जिल्ला सचिवालय सदस्य हुँदै आठराई गाउँपालिका सचिवमा रहेर समाजको विकासका निम्ति लागि रहेका छन् ।राजनीतिक र समाज एकअर्काका परिपुरक ठान्ने हाङबाङ पाथीभरा बहुमुखी क्याम्पसको संचालक समिति सदस्य समेत हुन । उनि सम्मिलित टिमको पहलमा सो क्याम्पसमा शिक्षा संकायमा स्नातोकोत्तर (एमएड) को अध्यापन सुरु भएको छ । उनि लिम्बू विधार्थी मञ्चको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य हुँदै सचिव, किराँत याक्थुङचुम्लुङ जिल्ला सदस्य साथै विभिन्न संघ संस्थामा आवद्ध रहेर सामाजिक क्षेत्रमा समेत सक्रिय रुपमा लागि रहेका छन् । स्थानीयसँग घरदैलो कार्यक्रममा अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार