सप्तरीको खडक नगरपालिकामा माओवादी केन्द्र र नेकपा एसबीच चुनावी गठबन्धन प्रकाशित मिति : 21 April, 2022 2:59 pm सप्तरी, ८ वैखाख । स्थानीय तह निर्वाचनको लागि सप्तरीको खडक नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच गठबन्धन गरिएको छ। सत्ता साझेदार ५ दलले गठबन्धन बनाउने सहमति अनुसार खडक नगरपालिकामा यी दुई पार्टीबीच गठबन्धन गरिएको हो। नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच भएको गठबन्धनको विज्ञप्ती सार्वजनिक गर्दै पार्टीका दुवै अध्यक्ष। परिवर्तन विरोधी शक्तिहरु सक्रिय भईरहेको अवस्थामा देशको परिस्थिति अनुसार अगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा जिल्ला जिल्लामा स्थानिय तहलाई परिवर्तनकारी पार्टीहरु मिलेर बनेको महागठबन्धनको भावना अनुसार प्रतिगामी तत्वहरुलाई परास्त गर्न सप्तरी जिल्लाको खडक नगरपालिकामा समेत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) विच तालमेल गरी चुनाव लडने सहमति अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट खडक नगरपालिकाको नगर प्रमुखमा जय प्रकाश चौधरी र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को तर्फबाट नगर उप प्रमुखमा शत्रुघन प्रसाद साह (आजाद) लाई अघि सार्ने सहमति भएको व्यहोरा दुई पार्टीका नगर अध्यक्षद्धारा जारी विज्ञप्तीमा उललेख छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खडक नगर कमिटी अध्यक्ष जय प्रकाश चौधरी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का नगर अध्यक्ष विजय कुमार साहद्धारा जारी संयुक्त विज्ञप्तीमा नगरपालिकालाई सहि दिशा, नीति र सक्षम नेतृत्व प्रदान गर्न दुवै पार्टीले नगरपालिकाको वडाहरुमा समेत तालमेल गरी जाने सहमति भएको जनाएको छ। साथै चुनावी कार्यक्रम र प्रचार प्रसारदेखि मतदान समेत गर्न गराउन सम्बन्धीत दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुमा विज्ञप्तीमा आग्रह गरिएको छ।सहमति अनुसार नेकपा (माओवादी केन्द्र)बाट वडा नम्बर १, २, ६, ८ र १० तथा नेकपा (एकीकृत समाजवादी)ले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडा अध्यक्षको उम्मेदवारी दिने निर्ण भएको छ। भने वडा नम्बर ३ र ९ मा छुट्टा–छुट्टै उम्मेदवारी दिने निर्ण भएको छ।