२७ वर्षिय नगेन्द्र वडा अध्यक्षको लागि सिफारिस 0 Shares पथरी । आगामि वैशाख ३० मा हुन गईरहेको स्थानिय निकायको चुनावी सरगर्मी बढ्दो छ । सोहि क्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादीले पथरीशािश्चरे नगरपालिका वडा नं. ५ को वडा अध्यक्षमा नगेन्द्र घिमिरेको नाम सिफारिस गरेको छ । वैशाख ३ गते बसेकोे माओवादी ५ नं. वडा कमिटिको बैठकले घिमिरेको नाम सर्वसम्मत सिफारिस गरेको हो । को हुन घिमिरे ? पथरीशनिश्चरे नगरपालिका ५ मौलिबारीमा घर भएका घिमिरे सामान्य परिवार जन्मिए । उनको परिवार कृषि पेशामा संलग्न थियो । बुबाआमालाई सोहि पेशामा सहयोग गर्दै गाउँ कै स्थानिय विद्यालयमा अध्ययन सुरु गरे । पछि उर्लाबारी बहुमुखी क्याम्पसमा व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पुरा गरे । । विधार्थी जिवनबाट नै माओवादीको भातृ संगठन अखिल क्रान्तिकारी हँदै राजनीतिमा लागेका घिमिरेले स्वतन्त्र विधार्थी युनियन उर्लाबारीको सदस्यमा निर्वाचित भई जिम्मेवारी पुरा गर्नुका साथै अखिल क्रान्तिकारी मोरङ जिल्ला अध्यक्षको भुमिका रहेर काम गरि रहेका छन् । उमेरले २७ औं वसन्तमा पाइला चाल्दै गरेका घिमिरेले दुई वर्ष सहकारीमा, तिन वर्ष छ महिना विमा कम्पनिमा शाखा प्रमुख (अफिसर लेभल ) भएर गरे । समाजमा परिवर्तनका निम्ती काम गर्ने उद्देश्यका साथ विमामा जागिर छोडेर हाल आफ्नै कर तथा लेखा परामर्श संचालन गरिरहेका छन् । उम्मेद्धारी दिनुको उद्देश्य ? वडामा भएको असमान विकासको अनत्य गर्न,सुसाशन कायम गर्न,राजनीतिक भाडबण्डालाई भन्दा सक्षमताको आधारमा समाजको सबै क्षेत्रमा अग्रसर गराउन, प्रसाशनिक क्षेत्रमा सुधार गर्न, सरकारी विद्यालयको शैक्षिक स्तर उकास्न, स्वास्थ्य क्षेत्रको सुधार गर्न, कृषिमा अनुदानको व्यवस्था गर्न साथै युवालाई रोजगारीमा जोड्न साथै वडाबासीको समस्यालाई बुझेर काम गर्ने उद्देश्यले उम्मेद्धारी दिएको घिमिरेले बताए ।