ताप्लेजुङ सरोकार केन्द्रद्वारा युवा वैज्ञानिकलाई सम्मान 

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले युवा वैज्ञानिकलाई सम्मान गरेको छ । 

शनिवार काठमाडौँमा नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरी केन्द्रले राष्ट्रिय आविष्कार केन्द्रमा कार्यरत वैज्ञानिक सुमन सिलिम्बोलाई सम्मान गरेको हो । 

ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा ५ साविक पेदाङमा जन्मिएर राष्ट्रिय आविष्कार केन्द्रमा आवद्ध भई मकै, गहुँ र कोदो छोडाउने (थ्रेसर) मेसिन बनाउन सफल भएको भन्दै सिलिम्बोलाई कार्यक्रममा अतिथि ताप्लेजुङका प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईद्धारा सम्मान गरिएको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताए । 

कार्यक्रममा सरोकार केन्द्रले प्रकाशन गरेको क्यालेन्डर समेत सार्वजनिक गरिएको थियो भने आजीवन सदस्यहरूको प्रमाणपत्र वितरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्