एमाले र स्वघोषित अर्थविदहरुले भनेजस्तो आतंकित हुनुपर्ने आजको अवस्था होइन : अर्थमन्त्री आङ्बो


ताप्लेजुङ । उच्च आयत,अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, विप्रेषणमा आएको कमि र कोभिडको कारण बिदेशी पर्यटकको आगमनमा आएको गिरावटले बिदेशी विनिमय संचितिमा चाप देखिएपनि अर्थतन्त्रको अन्य सुचक सामान्य नै रहेको प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबो मौसम’ ले बताएका छन् ।

उनले सामाजिक संजाल फेस्बुकमा मंगलबार एक स्टाटस पोस्ट गर्दै विपक्षी एमाले र केही स्वघोषित अर्थबिद्हरुले भनेजस्तो आतंकित हुनुपर्ने आजको अवस्था होइन तर कमजोर अर्थतन्त्र सुधारको निम्ति सरकार र निजि क्षेत्र गम्भीर भएर लाग्न भने जरुरत भएको कुरा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘कोभिड १९ नियन्त्रण सङ्गै वस्तु आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा बढेर अर्थतन्त्रमा दबाब सिर्जना भएको छ, विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले व्यापार घाटामा थप चाप पैदा गरेको र बजारमा उपभोग्य बस्तुको मुल्यमा वृद्धि भएको छ । उच्च आयात,अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, विप्रेषणमा आएको कमि र कोभिडको कारण बिदेशी पर्यटकको आगमनमा आएको गिरावटले बिदेशी बिनिमय संचितिमा चाप देखिए पनि अर्थतन्त्रको अन्य सुचक सामान्य नै रहेको देखिन्छ, विपक्षी एमाले र केहि स्वघोषित अर्थबिदहरुले भनेजस्तो आतंकित हुनुपर्ने आजको अवस्था होइन तर कमजोर अर्थतन्त्र सुधारको निम्ति सरकार र निजि क्षेत्र गम्भीर भएर लाग्न भने जरुरत छ।’


पेट्रोलियम पदार्थ सहित उपभोग्य वस्तुमा भएको मुल्य वृद्धिलाई लिएर अर्थमन्त्री जनार्दन शर्माको विरोध भइ रहेका बेला प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री आङबोले सो कुरा बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस्