दक्षिण एसियालीमा सबैभन्दा खुसी हुुने देश नेपाल प्रकाशित मिति : 19 March, 2022 3:02 pm काठमाडौं । नेपाल दक्षिण एसियाली मुलुकको सबैभन्दा खुसी हुुने देशहरुको पहिलो स्थानमा रहेको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ अनुसार सूची अनुसार एसियाली मुलुकको पहिलो स्थानमा नेपाल परेको छ । यस्तै‚ ८७ माल्दिभ्स‚ ९९ बंगलादेश‚ १०३ पाकिस्तान‚ १२६ श्रीलंका‚ १३६ भारत र १४६ अफगानिस्तान नम्बरमा रहेका छन् । प्राविधिक कारण भुटानलाई सूचीमा नसमेटिएको प्रतिवेदनमा उल्लेख छ । सूचीअनुसार अफगानिस्तान पुछारमा छ । त्यसअगाडि क्रमशः लेबनान, जिम्वाबे, रुवान्डा र बोत्स्वाना रहेका छन् । विश्वको सबैभन्दा खुसी देशको सूचीको पहिलो नम्बर फिनल्यान्ड रहेको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ अनुसार सूचीमा परेका १४६ देशमध्ये फिनल्याण्ड पहिलो नम्बरमा परेको हो । योसहित फिनल्याण्ड पाँचौपटक पहिलो नम्बरमा पर्न सफल भएको हो । विश्व खुसी प्रतिवेदनले प्रतिव्यक्ति आम्दानी, कुल गार्हस्थ उत्पादन ९जिडिपी०, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई आधार मानेर सूची तयार पार्छ। सूचीमा दोस्रो खी देश डेनमार्क, तेस्रो आइसल्यान्ड, चौथो स्वीट्जरल्यान्ड‚ पाँचौं नेदरल्यान्ड्स‚ छैटौं नर्वे‚ सातौं स्विडेन‚ आठौं लेक्जम्बर्ग‚ नवौं न्युजिल्याण्ड र दशौंमा अष्ट्रिया रहेका छन्। नेपाल ८४ औँ स्थानमा रहेको छ ।