साउदीमा नेपाल वायुसेवा निगमको सातामा तीन व्यावसायिक उडान प्रकाशित मिति : 7 March, 2022 9:10 am काठमाडौं । नेपाल वायुसेवा निगमले आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने भएको छ । साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको सँगै ठूलो संख्यामा नेपाली कामदार रहेको साउदी अरबमा नेपाली ध्वजाबाहक जहाजको उडान सहज भएको हो । साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन ९जेएसिए० ले आइतबार नेवानिलाई आइतबार उडानको अनुमति दिएको हो । जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ । यसैबीच नेवानिले आइतबार विज्ञप्ति जारी गरी काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ ।