मुलुकभरी थपिए ४ हजार ४७ जना संक्रमित 0 Shares २६ आश्विन २०७७, सोमबार काठमाडौं/ बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३३ हजार ८८० छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। सोमबार देशभरका प्रयोगशालाहरुमा १४ हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेहरूको संख्या १४ सय ७३ छ। संस्थागत आइसोलेसनमा १३ हजार ९२३ सय ४९ जना रहेको पनि प्रवक्ता गौतमले बताए। त्यस्तै, होम आइसोलेसनमा रहने संक्रमितको संख्या १९ हजार ९ सय ५७ छ।