ताप्लेजुङ अनेरास्ववियुले पायो पूर्णता

ताएलेजुङ ३ चैत / नेपाल कम्पुनिष्ट पार्टी नेकपाका भातृ संगठन अनेरास्ववियू ताप्लेजुङले पूर्णता पाएको छ । ५१ सदस्यीय कमिटीमा अखिलबाट २७ र साबिक क्रान्तिकारी बाट २४ जनालाई समेटिएको छ ।

समायोजित जिल्ला समितिमा ७ सदस्यीय कार्यालयमा ४ साबिक अखिलबाट र ३ साबिक क्रान्तिकारी बाट, १७ सदस्यीय सचिवालयमा १० साबिक अखिलबाट र ७ साबिक क्रान्तिकारी बाट, ९ स्थानीय तहमा ४ साबिक अखिलबाट र ५ साबिक क्रान्तिकारीबाट नेतृत्व गर्ने सहमति सहित एकता भएको अनेरास्ववियुका केन्द्रीय सदस्य प्रतिज हाङबाङले जानकारी दिए । एकतापछि अनेरास्ववियुको जिल्ला समितिको संयोजकमा डिल्लीराम न्यौपाने र सहसंयोजकमा किरण लिङदेन चयन भएको छ।


प्रतिक्रिया दिनुहोस्