हिमाल र शेर्पाहरुको भुमिका नङ र मासुको सम्बन्ध जस्तै हो:सेरब जाङबु शेर्पा प्रकाशित मिति : 30 January, 2020 3:43 pm काठमाडौं १६ माघ / तपाईको परिचय बाटै सुरु गरौं न ?– मेरो नाम सेरब जाङबु शेर्पा घर सोलुखुम्बु पासाङ ल्हामु गाँउपालिका हो । जिन्दगीहरु कसरी चल्दै छ के मा व्यास्त हुनुहुन्छ ? – ठिकै छ अहिले म स्कुलको प्रोजेक्टको काममा व्यस्त छु त्यो बाहेक अझ व्यात्तिगत काममा व्यस्त छु । तपाई अमेरिका पहिलो पटक कत्ति सालमा जानु भो ? – म भिजिटमा गएको त पहिलानै हो तर परिवारसंग गएको २०११ मा हो तापाईको लागि नेपाल राम्रो कि अमेरिका राम्रो ? – समय परिवर्तन अनुसार जहां बस्यो त्यहीँ राम्रो तर आफु जन्मेको देश सबैको प्यारो हुन्छ । मैले सुनेको थिएं नेपालमा भुकम्प आउदा अमेरिका बाट धेरै सहयोग गर्नु भयो तर खोई मिडियामा त आउनु भएन किन ? हैन हैन मेरो बिचारमा समाजसेवा भनेको आत्मा सन्तुष्टिको लागी गर्ने हो सबै कुरा मिडियामा हाइलाईट गर्नु पर्छ जस्तो मलाई लाग्दैन । सुने अनुसार सगरमाथा आरोहण गर्ने नेपालीलाई पनि उत्तिकै सहयोग गर्नु हुन्छ अहिले सम्म कत्ति जनालाई सहयोग गर्नु भो ? अब मेरो व्यत्तिगत त धेरै सहयोग गरेको छैन संस्था बाट धेरै जसो सहयोग गरेकै छु । हाम्रो यु एस नेपाल क्लाईम्बरस एसोसियन संस्था अमेरिकामा दर्ता छ त्यो संस्थाको थ्रो बाट सहयोगहरु गरि रहन्छु । यो संस्था बाट हामिले हिमाल आरोहण गर्ने क्रममा ज्यान गएका घांईते भएका परिवार वाल बच्चाहरुको आवाश्याक अनुसार सहयोग पनि गर्छौ र गरेका पनि छौं । सगरमाथा पनि आरोहण गर्नु भयो कत्ति पटकआरोहण गर्नु भो अनि कहिले आरोहण गर्नु भो के विधामा गर्नु भो ? म सगरमाथा ३ पटक आरोहण गरे ३ ओटा रुट बाट नर्थ टिबेट बाट फेरि २००६ मा टिबेट बाटै पछि फेरि नेपालको रुट बाटै सगरमाथा आरोहण गरें स्पेशल तेस्तो कुनै विधा त छैन । जस्तै बिदेशी पर्यटकहरुलाई पनि हिमाल आरोहण गराउनु हुन्छ तपाईले कत्तिको अफ्ठ्यारो काम हो यो यो मान्छेले हेर्दा सजिलो तर गाईड गरेर हिमाल आरोहण गराउनु अत्ति गाह्रो काम हो । बिदेशि देखि लिएर नेपाली सम्पुर्णको जिम्मेवारी लिनु पर्छ धेरै गाह्रो छ । तपाईको बिचारमा हिमालमा शेर्पा गाईडहरुको भुमिका के रहन्छ ? हिमाल र शेर्पाहरुको भुमिका भनेको नङ र मासुको सम्बन्ध जस्तै हो । सुरुवात देखिनै शेर्पाहरुले हिमाल आरोहणमा लिड गर्दै आएकोले बिदेशिहरुले पनि विश्वास गर्छ र शेर्पा बिना हिमाल चड्दैन र सम्भावना पनि छैन । केहि गल्ति भयो भने ज्यान समेत जाने सम्भावना हुन्छ । शेर्पा समुदायहरु किन हिमाल मात्र चड्छन ? शेर्पा समुदायहरु हिमालमा मात्र हैन अरु बिभिन्न क्षेत्रमा पनि उत्तिकैसम्लग्न छन् । साथै हिमाल आरोहणमा पनि उत्तिकै महत्व दिन्छन् किनकी त्यो शेर्पाहरुको पहिचान हो जिवन के हो जस्तो लाग्छ तपाईको लागी ? अरुको लागी के हो मलाई थाहा छैन तर मेरो लागी जिवन धर्म हो मरेर लानु के छ र भोलि आफु मरेर गए पनि फल्नाले सहयोग गर्यो. गर्ने थियो भन्ने नामनै अम्मर रहन्छ त्यसैले मलाई जिवन धर्म हो जस्तो लाग्छ । अनि साथमा जिवन शिक्षा हो जस्तो लाग्छ शिक्षा विना जिवन अधुरो छ । अब तपाईले देशको लागी धेरै सहयोग गर्नु भएको छ । सरकारबाट कतिको सहयोग पाउनु भएको छ त ? दुख लाग्दो कुरा हो अहिले सम्म सरकारबाट प्रमाण पत्र बाहेक अरु केहि पाएको छुईल सरकारले हिमाल चड्ने हरेक शेर्पा मात्र नभएर अन्य समुदाय जो जो हिमाल आरोहण गर्ने देशलाई चिनाउने सबैलाई सरकारले केहि सहयोग गर्यो भने राम्रो हुन्छ जस्तो लाग्छ । अब अन्तिममा के भन्नु हुन्छ भिजिट नेपालको लागी ?अन्तिममा भिजिट नेपाल २०२० सुरुवात भई सक्यो र सरकारले त्यसको प्रचारप्रसार मात्र नभई पर्यटक सम्बन्धि व्यावस्थाहरु इत्यादि र अ-आफ्नो क्षेत्र र तर्फबाट भिजिट नेपाल २०२० सफल पारौं । हस समय दिनु भो त धन्यवाद हस धन्यवाद