लिम्बू बिद्यार्थी मञ्चको महाधिवेशनमा अबैध समुहलाई राखिएको भन्दै राई बिद्यार्थी संघको आपत्ति प्रकाशित मिति : 30 September, 2019 9:14 am काठमाडौं १२, असोज । ताप्लेजुङमा शुरु भएको लिम्बु बिद्यार्थी मन्चको नवौंं महाधिवेशनको उद्घाटन कार्यक्रममा अबैध समुहलाई राखिएको भन्दै किरात राई बिद्यार्थी संघले प्रेस विज्ञप्ती जारी गर्दै आपती जनाएको छ । असोज १२ गते प्रदेश १ को आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो लिम्बूको प्रमुख आतिथ्यमा ताप्लेजुङको फुङ्लिङमा भएको महाधिवेशनको उदघाटन कार्यक्रममा किरात राई बिद्यार्थी संघको पूर्व संगठन विभाग प्रमुख अन्जिल राईलाई केन्द्रीय सचिव भनि सम्बोधन गरेर संघको तर्फबाट प्रतिनिधीत्व गराएको भन्दै आपत्ति जनाएका हुन् । अन्जिल संघको खोटाङमा भएको नवौंं राष्ट्रिय सम्मेलनबाट बाहिरिएपछी स्वघोषित रुपमा राई बिद्याथी संघको नेता भन्दै आएका छ्न । लिम्बू विध्यार्थिको महाधिवेशनमा सोही अबैध समुहका ब्यक्ती देखिएपछि बैधानिक केन्द्रीय समितिको महासचिव रबिन राईले प्रेस विज्ञप्ती जारी गर्दै त्यहाँ उपस्थित व्यक्ती संस्थाको आधिकारिक प्रतिनिधि नभएको जनाएको छ । लिम्बु विध्यार्थी मन्चको तत्कालीन अध्यक्ष फिपराज लिम्बूलाई सो बिषयमा जानकारी गराउँदा गराउँदै हाल संघको कुनैपनी निकायमा नरहेको व्यक्तिलाई महाधिवेशनमा लानु शंकास्पद र राजनीतिक रंग देखाउने काम राम्रो नभएको विज्ञप्तीमा उल्लेख छ । लिम्बू बिद्यार्थी मञ्च लगायतका संगठनहरुलाई आइन्दा यस्तो गम्भिर खालको भुल नर्गन समेत संघले आग्रह गरेको छ ।