दलित बिहे गर्दा बाबुको किरियाबाट बञ्चित प्रकाशित मिति : 29 September, 2019 12:59 pm भोजपुर, १२ असोज / भोजपुर आम्तेकका ३२ बर्षीय चन्द्र खड्का असोज ३ गते काठमाडौं पुगे । उनलाई बैदेशिक रोजगारीको सिलसिलामा कतार जान भिसा प्रक्रिया मिलाउनु थियो ।तर काठमाडौं पुग्नासाथ घरबाट बाबुको देहान्तको खबर पाएपछि तीन दिन लगाएर घर फर्के । घर पुग्दा जेठा दाजु सम्मरबहादुर खड्काको अगुवाइमा बाबुको अन्त्येष्टिपछि काजकिरिया शुरु भएको थियो । दाजुकोमा कर्म शुरु भएपछि किरिया बस्न पुगेका चन्दलाई दलितसँग विवाह गरेको भन्दै किरिया बस्न नदिएपछि उनी एक्लै १३ दिने किरियाकर्ममा लागे । दलितकी छोरी विहे गरेको कारण आफ्नै दाजु र समाजबाट बहिस्कृत भएर बाबुको मृत्यु संस्कार पुरा गर्न बसेका छन् । ‘यो कस्तो समाज, अनि कस्तो धर्म संस्कार रु मैंले मेरो जन्मदिने बाबुको किरियापुत्री बस्न पनि पाइँन, मेरो के दोष रु’ उनले गुनासो पोखे, ‘दलित विहे गरें भन्दैमा मलाई घर र समाजले बहिष्कार गर्ने, मेरी पत्नी पनि त मान्छे हुन् ।’ यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ