शेर्पा सञ्चार समुह ओखलढुंगाको ८ दिने शेर्पा भाषा उद्घोषण तालिम सम्पन्न प्रकाशित मिति : 27 September, 2019 12:22 pm मिङमा शेर्पा पाङकर्मा काठमाडौं, ८ असोज / शेर्पा सञ्चार समुह नेपाल ओखलढुंगाले ८ दिने नेपाली तथा शेर्पा भाषा उद्घोषण तालिम सम्पन्न गरेको छ । गाँउपालिका प्रमुख वेद बहादुर रोक्काको प्रमुख आतिथ्यमा तथा शेर्पा संञ्चार समुह नेपालका केन्द्रिय महासचिव सचिव पासाङ शेर्पा लामाको आतिथ्यमा सम्पन्न भएको हो । खिजिदिम्बा गाँउपालिका वाड न. ५ मा असोज १ देखि ८ गते सम्म संचालन भएको तालिममा ४६ जना प्रशिक्षार्थी सहभागी भएका थिए । उक्त तालिमको प्रशिक्षक भने शेर्पा समुदायका लेखक तथा शेर्पा भाषा विज्ञ सेर्कु शेर्पा रहेका थिए । शेर्पा सञ्चार समुह नेपाल केन्द्रिय काठमाडौं र शेर्पा संञ्चार समुह नेपाल ओखलढुंगाको समन्वयनमा जिल्लाकै पहिलो पटक शेर्पा समुदायलाई लक्षित गरि उद्घोषण तथा भाषण कलाको तालिम राखिएको हो । कार्यक्रममा प्रमुख अतिथि बोल्दै शेर्पा सञ्चारले अत्यन्तै राम्रो कामको थालनी गरेको र आगामी दिनहरुमा पनि शेर्पा सञ्चार समुह नेपालले गरेको हरेक कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । त्यस्तै अतिथि शेर्पा संञ्चार समुह नेपालका केन्द्रिय महासचिव सचिव लामाले पनि खुसी हुँदै आगामी दिनमा जिल्लाले गर्ने हरेक कृयाकलापमा केन्द्रिय संञ्चार समुह सहयोग गर्नका लागि पछि नहट्ने र कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । उत्त कार्यक्रम भने शेर्पा सञ्चार समुह नेपाल ओखलढुंगाका अध्यक्ष ङावाङ नुरी शेर्पाले समापन गरेका थिए ।