गाडीमा ल्याएर सयौँ गाई भीरबाट खसाइए


0
Shares

सुर्खेत साउन १४ / सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कटकुवामा दर्जनौँ गाईको सामूहिक हत्या गरिएको अवस्थामा फेला पारिएको छ। बिहीबार राति अज्ञात समूहले अन्यत्रबाट ट्रक तथा टिपरमा सयौँ गाई ल्याएर भीरबाट खसालेको पाइएको हो। वीरेन्द्रनगरको वडा नं ४, ७ र १४ को सीमा क्षेत्रमा झन्डै २ सय गाई छोडिएका छन्।

वीरेन्द्रनगर–१४ का स्थानीय कृष्णप्रसाद पोख्रेलका अनुसार गाई बिहीबार राति गाडीमा ल्याएर भीरबाट खसाइएको हो। ट्रकबाट भीरमा खसाउँदा १६ वटाभन्दा बढी गाई मरेका छन् भने १ सय ३० भन्दा बढी गाई घाइते छन्। जिल्ला प्रहरी कार्यालयमा डिएसपी रवि रावलले १६ वटा गाईगोरु मरेको भेटिएको छ।

‘४ गोरु र १२ गाई मरेका भेटिए, हामी पोष्टमार्टम, र डाटा अपडेट गर्दै छौँ। गाईको तथ्यांक थप पनि हुन सक्छ’ रावलले भने। पाँचवटा ट्रक बबईबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। ‘हामीले अनुसन्धान गरिरहेका छौँ, दोषीलाई कार्वाही हुन्छ’ डिएसपी रावलले भने। प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले लेखेको चिठी देखाएर नै गाडी ल्याइएको दताएके छ। दैलेखको श्रीस्थान क्षेत्रमा सहयोग गर्ने भनेर गाई पठाएको बुझिएको छ।

बिहीबार राति साढे १२ बजेतिर चौपाया बोकेका आठ वटा ट्रक सुर्खेतको सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएको पाइएको छ। स्थानीयले सामूहिक गौहत्या गरिएको बताएका छन्। दोषीलाई कार्वाही हुन्छ स् डिएसपी रावल धर्मराज जिसी


प्रतिक्रिया दिनुहोस्