अरिंगालले टोक्दा बालकको मृत्यु 0 Shares १० भदौ २०७६, मंगलबार अर्घाखाँची भदौ १० / अरिंगालको टोकाईबाट अर्घाखाँची सन्धिखर्क ५ का १५ वर्षीय नन्दबहादुर मुखियाको ज्यान गएको छ। स्थानिय गोपेश्वर आधारभुत विधालयमा कक्षा ५ मा अध्यनरत बालक नन्दबहादुर स्कुल जानेक्रममा घर नजिकै बलेवाङ स्थित रूखमा चढेर कटहर खानेक्रममा अरिंगालले टोकेको थियो। अरिंगालको टोकाईबाट घाइते भएको गाँउलेले देखेपछि निज मुखियालाई उपचारको लागि जिल्ला अस्पताल पुराएका थिए। जिल्ला अस्पतालले बुटवल रिफर गरेको थियो समयमा उपचार पाउन नसकेपछि बालकको ज्यान गएको बताईएको छ। उपचार गर्दा गर्दै अचेत भएका बालक मुखियालाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले जानकारीदिए। मृतक नन्दबहादुर मुखिया ५ बहिनी दिदीहरू पछि जन्मिएका दिलबहादुर मुखियाको एक्ला छोरा मात्र थिए। अहिले शवलाई पोष्टमाट्मका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।