वडाध्यक्षलाई कालो मोसो र चप्पलको माला प्रकाशित मिति : 15 August, 2019 4:43 pm म्याग्दी साउन ३० / म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई कार्यालयमा काम गरिरहेको अबस्थामा मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ।मोसो लगाउने समूहको पहिचान भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए। बिहीबार बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई मोसो र माला लगाइएको हो।वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो। वडा कार्यालय विप्लव समूह सम्बद्ध व्यक्तिहरूको संलग्नता हो कि भन्ने छ । उनले भने मोसो लगाउने समूहको खोजी कार्य भइरहेको छ।