छोरा उपचारको लागी सहयोगको अपिल गर्दै आमा 0 Shares महोत्तरी साउन २६ / महोत्तरी जलेश्वर नगरपालिका १ का रोहित पासमान १६ वर्षका भए। बढ्दो उमेरमा उनको शरीरको विकास पनि समुचित ढंगले हुनुपर्ने हो तर दुब्ला छन्।रोहितलाई आमा सुनिता र हजुरआमा रामपरीले स्याहार गर्दै आएका छन्। हत्तपत्त अरू मानिस रोहित छेउ जाँदैनन् डर र घृणाले। पासमान परिवारको आर्थिक अवस्था कमजोर छ। सुनिताले अर्काको घरमा भाडा माझेर परिवारलाई दुई छान टार्ने मेसो मिलाएकी छन्। सुनिताका श्रीमान् अशोकको ब्लड क्यान्सरका कारण सात वर्ष पहिले नै मृत्यु भइसकेको छ। घरमा उनी, सासु र छोरा मात्रै छन्।