गोरखाका जनप्रतिनिधिहरुलाई राजीनामा दिन बिप्लप नेतृत्वको कम्युनिष्ट पार्टीको पत्राचार
संबाददाता गोरखा
गोरखा, २२ चैत / गोरखा जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन नेत्रविक्रम चन्द ’विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्राचार गरेको छ । गोरखा जिल्लामा रहेको दुई नगरपालिका र नौ गाउँपालिका मध्ये अधिकांस स्थानिय तहमा हुलाक मार्फत पत्र आएको जनप्रतिनिधिहरुले बताएका छन् । पत्रमा संसदीय व्यवस्थाको अन्त्य गरेर जनताको जनसत्ता पुर्नजिवित गर्नका लागी स्थानिय तहका जनप्रतिनिधिहरुको राजिनामा माग गरिएको उल्लेख गरिएको छ । संसदीय व्यवस्थाबाट निर्वाचित भएका जनप्रतिनिधिहरु भ्रष्टाचारी, कोही गुण्डागर्दी भएको आरोप लगाउदै जनताको चाहाना अनुसार काम नगरेकाले राजीनामा दिन पत्र काटिएको नेपाल कम्युनिष्ट पार्टीका एक नेताले जानकारी दिएका छन् ।

“संसदीय व्यवस्थाका जनप्रतिनिधि कसैले पनि जनताको हितमा काम गरेका छैनन्, सबै जनता जनताको जनसत्ता चाहन्छन्, त्यसैले जनप्रतिनिधिको राजिनामा माग गरेका हौ” उनले भने । नेकपाको संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको ’लेडरप्याड’ आफुहरुलाई पत्र प्राप्त भएको गोरखा नगरपालिका गोरखाका मेयर राजनराज पन्तले जानकारी दिनभुयो । उहाँले भन्नुभयो “ मेरो टेवलमा टिकट टाँस गरेको चिठी आएको रहेछ खोलेर हेर्दा नेकपाको पत्र रहेछ । पत्रमा कसैको पनि आधिकारिक हस्ताक्षर भने नभएको बताउनुभयो । यता शहिद लखन गाउपालीका प्रमुख रमेश थापा मगरले भने नेकपाले पठाएको पत्र आफुलाई प्राप्त भई नसकेको जानकारी दिनुभयो ।