बुद्धको मुर्ति तोडफोड गर्नेलाई नेपाल शेर्पा संघ द्धारा कारबाहीको माग

मिङमा शेर्पा पाङकर्मा काठमाडौं असार २ / रुपन्देहीको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति तोडफोड भएको छ । सडकको मेडिएनमा राखिएका बुद्धमुर्ती मध्ये गएराती अज्ञात समूहले शंकरनगर चोकदेखि नयाँ मिलसम्मका ५ वटा मुर्ति तोडफोड गरेको छ ।

तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मुर्ति राखिएको थियो । गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमर्ती अनावरण गरेका थिए ।

उक्त मुर्तिहरु कसले र किन तोडफोड गर्यो भन्नेबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उत्त मुर्ति तोडफोड बारे नेपाल शेर्पा संघ र हिमालयन शेर्पा सांस्किृतिक केन्द्रले प्रेस बिज्ञप्ति जारी गर्दै दोषिलाई कढा भन्दा कढा कारबाहि गर्न माग गरेका छन् ।

प्रेस बिज्ञप्ती
बुद्धको जन्मभुमि नेपाल नेपालीको ढुकढुकी आस्थाको धरोहर भगवान बुद्धको मुर्ति बुटवल बेलाहियामा तोड्फोड गरिएको छ् । केही समय अगाडि काक्रे बिहारमा बुद्धको मुर्ती तोडेर प्रहरी कार्यालयमा बाधेर राखिएको हामी बिच आलै छ फेरिपनि मानव सभ्यताकै उपहास हुने अर्को आमान्य, पाशबिक धटना भएको छ । यसको जति नै निन्दा र भर्त्सना गरेपनि कमै हुन्छ । बुद्ध धर्म र बौद्ध मार्गी माथिको अराजक गतिबिधी तुरन्तै रोकियोस भन्ने जोडधार माग गर्दै दोषी उपर कडा कारबाहीको जोडदार माग गर्दछौ । यदि यसलाई नजरअन्दाज बेवास्ता गरियो भने यसबाट गम्भिर दुर्घटना भोग्न नपरोस भन्ने जानकारी गराउदछौ ।यसबाट हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय हुने कुराको जानकारी समेत गराउदछौ ।
नेपाल शेर्पा संघ / हिमालयन शेर्पा सास्कृतिक केन्द्र
केन्द्रिय कार्य समिति


प्रतिक्रिया दिनुहोस्