जिल्ला वन प्रमुख चार लाख घुससहित पक्राउ

काठमाडौं असार २८ / जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख डिएफओ चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।


अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले लामा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको पुष्टि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्