विप्लव समूहले जलायो वडा कार्यालय प्रहरी निरीक्षक घाइते

बर्दिया असार २४ / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बर्दियाको गेरुवा गाउँपालिका ६ को वडा कार्यालयमा आगो लगाएको छ।

सोमबार राति विप्लव समूहका कार्यकर्ताले वडा कार्यालयमा आगजनी गरेका छ ।
आगोलागीबाट वडा कार्यालय पूर्ण रूपमा नष्ट भएका हुन्।
लेखा फाँटमा रहेका काजगात जलेपछि वडाका विवरणहरू नष्ट भएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङ्गले घटनास्थलमा विप्लव समूहको भेरी कर्णाली ब्युरोको मोर्चा भेटिएको बताएका छन् ।

वडा कार्यालयमा लागेको आगो निभाउन पुगेका इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक खेमबहादुर मल्ल घाइते भएको प्रजिअ करुम्बाङ्गले जानकारी दिए।आगो निभाउने क्रममा छानो खसेर घाइते हुनुभएका मल्लको नेपालगञ्जमा उपचार भइराखेको छ,

यता गुलरिया नगरपालिका वडा नम्बर ७ र १२ मा पनि विप्लव समूहले ताला लगाएको उनले जानकारी दिए।विप्लव समूहले पछिल्लो समय सूदुरपश्चिम र तत्कालीन भेरी कर्णालीका जिल्लाहरूका स्थानीय सरकारमा भ्रष्टाचार बढेको भन्दै तालाबन्दी र आगजनी गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्