२०७५ माघ २७ गते आइतबार, तपाईको आजको राशिफल प्रकाशित मिति : 10 February, 2019 7:00 am मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नु पर्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) – सामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – पारिवारीक झमेला आउँला । कुविचारमा मन जानेछ । सामान हराउने वा चोरी हुने भयछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी मध्यम खालको दिन छ । शुभ–अशुभ दुवै समाचार सुनिएला । मित्रसँग मीठो भेटघाट रहने छ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) – बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउने छ । कार्य सम्पादनमा समस्या आउँला । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा) – नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । मनोरञ्जनमा अभिरुचि जाग्ने छ । स्वास्थ्यको क्षेत्र मध्यम रहने छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापार व्यवसायमा फाइदा होला । अरुलाई प्रभावित पारेर काम बन्ने छ । वाहन सुख मिल्ने छ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) – शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) – दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शत्रु पनि पराजित हुनेछन् । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) – मंगल कार्यको योग छ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । व्यवसायबाट लाभ होला । प्रीय व्यक्तिसंग भेट घाट होला । मकर ( भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि ) – परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिने छ । आत्मिक सन्तुष्टि मिल्ने छ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुनेछ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) – अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिने छ । प्रेमीको सहयोग पाइने छ । ज्यो।प। नारायणप्रसाद दुलाल