नेता खड्काले भने- संघियता विरोधिहरुसँग सचेत रहनुस् प्रकाशित मिति : 26 September, 2018 5:39 pm गोरखा,१० असोज । प्रतिनिधि सभाका सभासद चुडामणि खड्काले अहिले संघियता विरोधिहरु विभिन्न वहानामा गाउँ प्रवेश गरेको बताउँदै उनिहरुका भनाइ र काम गराइसँग सचेत रहनु पर्ने बताएका छन । जिल्लाको गोरखा नगरपालिका स्थित महेन्द्र मावि कुन्दुरमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेता खड्काले भने जनप्रतिनिधिहरु आजिवनका लागि नियुक्ति भए झै दम्भ गर्ने, सरकारको बजेट हिजोका चुनावि घोषणा अनुसार नरहने,कतिपय कुराहरु नीति निर्माणकै चरणमा रहेकाले दोधार भइरहने प्रवृतिले जनतामा उत्साह रहन सकेको छैन , जन अपेक्षा लाई सम्वोधन गर्न छिट्टै नयाँ कार्यक्रम लाइन्छ ू । हामी जन प्रतिनिधिहरु विकास र समृद्दिका लागि जनताको सेवामा सधैं लागि रहन्छौ , नेता खड्काले भने ।हिजोका इतिहासहरुको रक्षा गर्दै नयाँ शिराबाट अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए । कार्यक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई , जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खेमराज पौडेल, वडा नम्वर ज्ञण् का वडा अध्यक्ष देवि बहादुर बस्नेत, ज्ञज्ञ का अध्यक्ष राम बहादुर खड्का लगायतले मन्तव्य राखेका थिय ।बक्ताहरुले गोरखामा सञ्चालित एक मात्र चन्द्रज्योति दुग्ध डेरिको लाखौ रुपैयाँ हिनामिना गर्नेहरु खुलेआम सडकमा हिड्दा पनि कहिकतैबाट कारवाहि नभएको भन्दै कारवाहिको माग गरेका थिए । किसानका लालपुर्जा बैकमा राखेर सँचालक समितिले पैसा झिकि डेरि बन्द गराएको कार्यक्रममा बताएको छ । विद्यालयमा रहेका ८५० जना बालबालिकाहरुलाइ दूध र दुधबाट बनेका परिकारहरु वितरण गरिएको थियो । बजारका विभिन्न जँक फुडहरुले बनलबालिकाहरुमा दिर्घकालिन असर पर्ने हुँदा त्यस्ता खानेकुराका सट्टा दैनिक दूध सेवन गराउनुपर्ने राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारि निर्देशक बाबाुकाजि पन्तले बताए ।