सिर्जनशिलको उदाहरणीय कार्य, कक्षा ११मा अध्ययन गर्ने चेपाङ विद्यार्थीलाई एक बर्षको पढाई खर्च उपलब्ध 0 Shares इच्छाकामना ,१७ भदौ । सिर्जनशील महिला जागरण केन्द्र मुग्लिनले एक जना जेहेन्दार गरिब विद्यार्थीलाई एक बर्षका लागि सम्पूर्ण पढाई खर्च बेहोर्ने भएको छ । त्रिवेणी वराहा मावि मुग्लिनमा प्राविधिक तर्फ कम्प्युटर कक्षामा कक्षा ११ मा अध्ययनरत ईच्छाकामना वडा न. ६ कालिखोलाका राजकुमार चेपाङलाई एक बर्षका लागि लाग्ने पढाई खर्च उपलब्ध गराउने सिर्जनशिल महिला जागर केन्द्रका अध्यक्ष सावित्रि पुडासैनी (खनाल)ले जानकारी दिनुभयो । नजिकिदैँ गरेको नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रममा केन्द्रका अध्यक्ष सावित्रि पुडासैनीले कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ मार्फत चेक हस्तान्तरण गर्नुभएको हो ।