राशि अनुसार आज मंगलबारको तपाईको भाग्यफल हेर्नुहोस् 0 Shares १२ भदौ २०७५, मंगलबार वि.सं.२०७५ साल भदौ १२ गते। मंगलबार। इश्वी सन् २०१८ अगस्ट २८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– द्वितीया, १८स्५७ बजेउप्रान्त तृतीया। नक्षत्र– पूर्वभाद्रपदा, १६स्४७ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– धृति, २२स्०२ बजेउप्रान्त शूल। करण– तैतिल, ६स्२७ बजेदेखि गर, १८स्५७ बजेउप्रान्त वणिज। आनन्दादिमा काण योग। चन्द्रराशि– कुम्भ, १०स्२२ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ५स्४१ बजे, सूर्यास्त– १८स्२७ बजे र दिनमान ३१ घडी ५७ पला। पञ्चक। त्रिपुष्कर योग १६स्४७ बजेसम्म। रोपाइँजात्रा। दथुसा मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) – छोटो दुरीको लाभदायक यात्रा हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । पुनर्मिलनको योग रहेको छ । दिनको उत्तरार्ध सुखद रहनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) – शुभ कार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) – प्रेममा मधुरता छाउनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । घरमा अतिथीको आगमन हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) – शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) – नयाँ कार्यको थालनी हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) – बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । बौद्धिकताको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) – अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । तिर्थाटनको योगछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) – आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । अनावश्यक धन खर्च हुनेछ । कार्यमा बाधा आउनेछ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) – नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) – कार्य सम्पादनमा समस्या आउला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) – प्रेम र मित्रताको बन्धन कसिने बेला छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) – आजको प्रयत्न निष्फल जस्तै रहला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । मन खिन्न हुने स्थिति आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । ज्यो।प। नारायणप्रसाद दुलाल