राशिअनुसार आज शनिवारको भाग्यफल हेर्नुहोस 0 Shares आजको राशिफल वि.सं.२०७५ साल भदौ ९ गते। शनिबार। इश्वी सन् २०१८ अगस्ट २५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– चतुर्दशी, १४स्२७ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– श्रवण, १०स्२१ बजेउप्रान्त धनिष्ठा। योग– शोभन, २१स्३६ बजेउप्रान्त अतिगण्ड। करण– वणिज, १४स्२७ बजेदेखि भद्रा, २७स्२४ बजेउप्रान्त वव। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– मकर, २३स्३७ बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ५स्३९ बजे, सूर्यास्त– १८स्३१ बजे र दिनमान ३२ घडी ०८ पला। सर्वार्थसिद्धि मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) – मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) – केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपर्नेछ । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) – समय प्रतिकुल भई कुलतमा मन जानेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मानसिक चिन्ता बढ्नेछ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) – आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सरकारी निकाएको भय रहला । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) – शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) – आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) – आफन्तको सहयोग प्राप्त हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) – आँटेको र ताकेको कार्य पुरा हुनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) – नयाँ काम वा रोजगार पाईनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको योग रहेको छ । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) – विद्या र बुद्धिको विकास हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) – पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा सुधार आउनेछ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) – आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । स्वास्थ्यमा सुधार आउनेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । ज्यो।प। नारायणप्रसाद दुलाल