राशिअनुसार मंगलबारको आफ्नो भाग्यफल

आजको पञ्चाङ्ग
वि।सं। २०७५ साल भदौ ५ गते। मंगलबार। इश्वी सन् २०१८ अगस्ट २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– दशमी, ७स्०१ बजेउप्रान्त एकादशी। नक्षत्र– मूल, २६स्४६ बजेउप्रान्त पूर्वाषाढा। योग– विष्कम्भ, १९स्२४ बजेउप्रान्त प्रीति। करण– गर, ७स्०१ बजेदेखि वणिज, १९स्४४ बजेउप्रान्त भद्रा। आनन्दादिमा छत्र योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ५स्३७ बजे, सूर्यास्त– १८स्३५ बजे र दिनमान ३२ घडी २३ पला।
आज ( ०५ भाद्र २०७५ मंगलवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) –  प्रेमीको सहयोग पाइनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) –  अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) –  आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

तुला  ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) – शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) –  धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । रोजगारको अवसर मिलनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) – महत्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) – आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) – सानातिना समस्यामा अल्झिनुपर्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) – कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) – अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । कार्यमा बाधा आउनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । व्यवसायमा मन्दी आउनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) –  पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ ।

( ज्यो।प। नारायणप्रसाद दुलाल


प्रतिक्रिया दिनुहोस्