मेसीले अर्को महिना सन्यासको घोषणा गर्ने


0
Shares

अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसी अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेका छन्। रुस विश्वकपको प्रिक्वाटरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि मेसीले सन्यास लिने सोच बनाएका थिए।

अर्को महिना खेलिने अर्जेन्टिना र ग्वाटेमालाबीचको खेलपछि मेसीले सन्यास लिने सोच बनाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

३१ वर्षीय मेसीले फेरि अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेपछि अर्जेन्टिनी फुटबल संघ झस्किएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर छापिएको छ।


प्रतिक्रिया दिनुहोस्