आजको राशिफल प्रकाशित मिति : 10 August, 2018 6:17 am वि.सं.२०७५ साल साउन २५ गते । शुक्रबार । ईश्वी सन् २०१८ अगष्ट १० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण कृष्ण पक्ष । तिथि चतुदर्शी,३१ घडी ४७ पला,बेलुकी ०६ बजेर १५ मिनेट उप्रान्त औंषी । नक्षत्र तिष्य,५४ घडी ५१ पला । योग सिद्धि २७ घडि ५६ पला,बेलुकी ०४ बजेर ४२ मिनेट उप्रान्त व्यातिपात । करण भद्रा,बिहान ७ बजेर २९ मिनेट उप्रान्त शकुनी,बेलुकी ६ बजेर १५ मिनेट उप्रान्त चतुष्पद । आनन्दादीमा उत्पाद योग । चन्द्रराशि कर्कट । काठमाडौंमा सूर्योदय ५ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ४५ मिनेट । दिनमान ३३ घडी ०२ पला । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेतले जटिल ठानिएको काम पनि बन्नेछ। आफन्तजनले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) – बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। रचनात्मक काममा जुट्ने समय छ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। अग्रजहरूको सहमति नाजुट्नाले काम रोकिन सक्छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। हिसाबकिताबमा होसियार रहनुहोला। मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) – वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) – केही कठोर नीति अवलम्बन गर्नुपरे पनि चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) – मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) – पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। आँटले काम लिन नसक्दा पछि परिनेछ। अहिलेको फाइदा हेर्दा पछिको फाइदा घट्नेछ। कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन्। सानातिना काममै अल्झनुपर्दा उद्देश्यबाट विमुख हुनुपर्ने स्थिति आउन सक्छ। बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) – प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ। सहयोगीहरूले पनि राम्रो सहयोग जुटाउनेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। तर परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) – स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। न्यून उपलब्धिका लागि धेरै समय खर्च हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। गोपनीयतामा भने विशेष ध्यान पुर्याउनुहोला। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) – परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) – वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउनेछ। मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) – अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा पछि परिनेछ। समयको सदुपयोग गर्न नसकिएला। तापनि चुनौती पन्छाएर नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ। उपप्रा। लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४