बैंकमा जम्मा गर्न जाने क्रममा गोली हानेर ९ लाख रुपैयाँ लुटियो प्रकाशित मिति : 27 May, 2018 11:19 am कैलाली / कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा आइतबार बिहान एक युवकको नौ लाख रुपैयाँ लुटिएको छ । धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरी उनको साथमा रहेको नौ लाख रुपैयाँ लुटपाट भएको हो । आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा उनीमाथि गोली प्रहार गरेर अज्ञात समूहले पैसा लुटेको हो । उक्त समूह कार्कीमाथि गोली प्रहार गरेर उनको साथमा रहेको पैसा लुटेर फरार भएको छ । गोली प्रहारबाट कार्की घाइते भएका छन् । उनकोको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली हान्नेको समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।