सुन तस्करीका र सनम हत्या नाइके गोरे भेटिए, – सुन भेटिएन प्रकाशित मिति : 22 May, 2018 12:18 pm काठमाडौं,/ साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्याको नाइके चुँडामणि उप्रेती गोरे भारतमा लुकेर बसेको अवस्थामा पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबी को टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरी नेपाल ल्याएको हो । फाइल तस्बिर चार वर्षमा ३८ क्विन्टल तस्करीको सुन नेपाल भित्र्याउन सफल सफल मोरङ उर्लाबारी घर भएका गोरे समातिए पनि सुन भने अझैसम्म गायव नै रहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । गृह मन्त्रालयले गठन गरेको सुन तस्करी छानविन समितिले पक्राउ परेका गोरेलाई आज सार्वजनिक गर्ने भएको छ ।आज समितिले पक्राउ परेका गोरेलाई गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने समितिका एक सदस्यले जानकारी दिएको छ । पक्राउका लागि रेडकर्नर नोटिस समेत जारी गरिएका गोरेलाई पक्रिन झण्डै ‘इन्काउन्टर’ गर्नुपर्ने अवस्था सिर्जना भएको समेत प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । अहिले साढेसुन तस्करी र सनम शाक्यको हत्या अभियोगमा गोरेसहित अन्य सबै जेल जान सक्ने प्रहरीले जनाएको छ । ३३ किलो सुन तस्करी र सनम हत्याको मुद्दा मोरङ जिल्ला अदालतमा चलिरहेको छ । ६३ जना पक्राउ परिसकेका छन् सुन तस्करी र सनम शाक्यको हत्या अभियोगमा गोरेसहित अन्य सबै जेल जान सक्ने प्रहरीले जनाएको छ ।