पर्यटकको आकर्षण बन्दै उपर्दाङगढी,गढीको पुरात्वात्तिक बस्तुको खोजी गरिदैँ प्रकाशित मिति : 20 May, 2018 12:06 pm हिरालाल गुरुङ चितवन / पुरात्वात्तिक महत्व बोकेका चितवनको पहिलो पुरानो सदरमुकाम एतिहासिक उपर्दाङगढीमा पर्यटकहरुको आवागमन बाक्लिदैँ गएको छ । यहाँ नयाँ बर्ष, शनिबार लगायत विदाको समयमा आन्तरिक पर्यटहरुकको घुइँचो नै लाग्ने गरेको होटल व्यावसायी तथा उपर्दाङगढी पर्यटन प्रबद्र्धन समितिका सचिव रुपेन्द्रकान्त कर्मचार्य बताउनुहुन्छ । कर्मचार्यले संचालन गरेको गढी हिलकटेजमा नयाँ बर्ष याता एक महिनामा २५० जनाले बास बसेका छन् । कर्मचार्यले बास बस्ने बाहेक खानपिन मात्र गरेर फर्कने पर्यटकको रेकर्ड राख्ने गरेका छैनन् । यस्तै अन्य दुईवटा होमस्टे पनि संचालनमा छ । गणेश बहादुर थापाको होमस्टेमा पनि बैशाख महिनामा मात्र १५०को हाराहारीमा पर्यटहरु बास बसेका छन् । नयाँ बर्ष २०७५ बाट होमस्टे र लजले बास बस्ने पर्यटको मात्र रेकर्ड राख्न सुरु गरेका हुन् । उर्दाङगढीमा कती पर्यटहरु आए रेकर्ड राख्ने गरेको छैन । चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरबाट सवारी साधनमा ३० मिनेटमै पुग्न सक्ने भएकोले आन्तरिक पर्यटहरु विहान आएर साँझपख फर्कने गरेको स्थानियहरु बताउँछन् । पर्यटकहरुलाई यहाँ खान बस्नको व्यावस्था छ भनेर थाहा नभएका कारण पनि बास नबसी फर्कने योजनाका साथ आउने गरेका छन् । यहाँ दुई वटा होमस्टे र एउटा कटेज लज छ । पर्यटहरुका लागि स्थानीय खानाको परिकार पनि खुवाईन्छ । उपर्दाङगढीमा बाह्य र आन्तरिक दुवै पर्यटहरु आउँछन् । पछिल्लो समयमा आन्तरिक पर्यटहरु बढेपनि प्रचार प्रसारको अभावका कारण सोचे जस्तो पर्यटक भने नआएको स्थानियहरु बताउँछन् । उपर्दाङगढी लगायत इच्छाकामनामा रहेका सिराइचुली, लामो झरना इच्छाकामना मन्दिर लगायत अन्य सबै एतिहासिक पर्यटकीय क्षेत्रहरुकोे संरक्षण र प्रवद्र्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाएर अघि बढ्न लागेको गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो । उपर्दाङगढीमा पुरातत्व विभागका प्रतिनिधि सहितको टोली र गाउँपालिकाले अवलोकन गरिएको बताउदैँ अध्यक्ष गुरुङले गढीमा ६० बर्ष अघि रहेको पुरातात्विक महत्पूर्ण बस्तुहरु कहाँ कहाँ छन् खोजी गरिने बताउनुभयो । उपर्दाङगढीको इतिहास उपर्दाङगढी चितवनको पुरानो सदरमुकाम हो । सन् १९६० को दशकको सुरुसम्म उपर्दाङगढी चितवनको सदरमुकाम थियो । पुरातत्व विभागका अनुसार यस गढी सन् १८००मा निर्माण भएको र सन १९६० सम्म चितवनको सदरमुकाम रहेको र सम्पूर्ण सरकारी अड्डा र अदालत सबै यसै क्षेत्रमा रहेकोे छ । एतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्ने साविकको दाहाखानी गाविस पर्ने हाल इच्छाकामना गाउँपालिका वडा न ७ मा पर्दछ । समुन्द्र सतह देखि १२७५ मिटर उचाइमा चपर्ने यो किल्ल्ला तत्कालिन वाइसे–चौविसे राज्य एकिकरणका बेला अंग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भूमीको रक्षाक लागि सन् १८०० को शुरुतिर पृथ्वी नारायण शाहका नाती बहादुर शाहका छोरा शत्रुभम्जन शाहले निर्माण गरेका हुन् ।