सिन्डिकेटको प्रत्यक्ष मारमा निजी विद्यालय प्रकाशित मिति : 5 May, 2018 7:11 am काठमाडौं / सिन्डिकेट समर्थित यातायात व्यवसायीले आफ्नो सवारीसाधन थन्क्याएर सरकार विरोधी आन्दोलन सुरु गरेपछि त्यसको प्रत्यक्ष मार निजी विद्यालयमा परेको छ । यातायात बन्दका कारण राजधानी लगायत देशका ठूला विद्यालयसमेत बन्द भएका छन् । फाइल तस्विर आन्दोलनकारीले कालो नम्बर प्लेटको सवारीसाधन सञ्चालन नगर्दा त्यस्ता सवारी साधनमा विद्यार्थी ओसारपसार नभएपछि विद्यालय बन्द भएको हो । भाडाका सवारी साधनबाट विद्यार्थी बोक्ने विद्यालय बन्द भएको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले बताएका छन ।आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा प्रकाशित छ ।