ताप्लेजुङमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन 

ताप्लेजुङमा । आजबाट नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ । वि. एण्ड. सी. अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा ताप्लेजुङको जिल्ला अस्पतालमा आजबाट दुईदिने नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको हो । 

तस्विर : गंगा लिङ्खिम

आज बिहान ९ बजे देखि सुरु भएको शिविर बेलुका ५ बजेसम्म सञ्चालन भएको थियो । शिविरमा ४५८ जनाले स्वास्थ्य सेवा लिएको शिविरका संयोजक तथा स्वयंसेवक सोसियल यूथ गाईजका अध्यक्ष लिलाराज पौडेलले जानकारी दिएका छन् । 

तस्विर : गंगा लिङ्खिम

शिविरमा मुटु रोग, क्यान्सर रोग, स्त्री रोग, हार्ड जोर्नी तथा नसा सम्बन्धी रोग, नाक, कान, घाटी सम्बन्धी रोगको बारेमा उपचार हुने छ । शिविर फु.न.पा., आठाराई त्रिवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका, सिदिङवा गाउँपालिका, सिरिजङघा गाउँपालिका, मेरिङदेन गाउँपालिका, पाथिभरा याङवरक गाउँपालिका, फक्ताङलुङ गाउँपालिका र जिल्ला अस्पतालको आयोजनामा सञ्चालन भएको हो । 

शिविरको संयोजक तथा स्वयंसेवक सोसियल यूथ गाईज रहेको छ । शिविरको समापन भोलि हुने पौडेलले जानकारी दिएका छन् । 
 


प्रतिक्रिया दिनुहोस्