दीपक लिम्बूको अध्यक्षतामा गायन समाज ताप्लेजुङ-काठमाडौंको नयाँ कार्यसमिति गठन प्रकाशित मिति : 18 January, 2023 6:39 pm काठमाडौं । गायन समाज ताप्लेजुङ-काठमाडौंको ७औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको उक्त सभाले दीपक लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षमा मोहन मादेन, आशिस भट्टराई, सुसन साम्शोहाङ र तारा थेबे चयन भएका छन् । महासचिवमा मेघराज मगराती चयन भएका छन् भने सचिवमा कन्चन थलङ चयन भएको अध्यक्ष दीपक लिम्बूले जानकारी दिए । कोषाध्यक्षमा जशोदा सुब्बा, सहकोषाध्यक्षमा रुकमान लिम्बु चयन भएका छन् । यस्तै सदस्यहरूमा भिम लिम्बु, सुस्मा लिम्बु, पदम राइ, रन्जिता सावदेन, राजन पालुङ्वा, बिना भट्टराई, अनिल खड्का र निर्मल सुब्बा चयन भएका छन् ।