काठमाडौं । सुनिता थेगिम र दिनेश नाछिरिङको आवाजमा रहेको ‘गएको जोवन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो खिम अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । हर्क साउदको शब्द रहेको यस गीतमा मनोज थापा मगरको संगीत रहेको छ । गीतको भिडियोमा सुनिता थेगिम र दिनेश नाछिरिङलाई देख्न सकिन्छ ।