दोलखाबाट प्रतिनिधिसभामा माओवादीका गंगा कार्की विजयी

काठमाडौं । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।
एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । माओवादीका कार्कीले ३६ हजार ७ सय ९९ मत ल्याएका छन्। एमालेका शिवाकोटीले ३६ हजार ४ सय ८२ मत ल्याएका छन्। कार्कीले ३१७ मतान्तरले चुनाव जितेका छन्। यहाँ ८४ हजार ४ सय ४८ मत गणना गरिएको थियो। ३४७९ मत बदर भएको थियो। मुख्य निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ।

समानुपातिकतर्फ भने मतगणना जारी छ। समानुपातिक मतपेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिए पनि गणना गर्ने सर्वदलीय सहमति भएकोले औपचारिक घोषणा गर्न केही समय लाग्नेछ।


प्रतिक्रिया दिनुहोस्