दोलखामा एमालेका उम्मेदवार शिवाकोटीले लिए पुनः अग्रता काठमाडौं । दोलखामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले पुनः अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभाका उम्मेदवार शिवाकोटीले ३३ हजार ९३९ मत ल्याएका हुन्। उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्कीले ३३ हजार ९०९ मत पाएका हुन्। एमालेका शिवाकोटी र माओवादी केन्द्रका कार्कीको मतान्तर ३० रहेको छ ।