ताप्लेजुङ सरोकार केन्द्रद्वारा राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारलाई सम्मान

काठकाडौं । ताप्लेजुङ सरोकार केन्द्रले ताप्लेजुङ जिल्लामा जन्म भई राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

सरोकार केन्द्रको १७औ स्थापना दिवस तथा चौथो अधिवेशनको आवसरमा ताप्लेजुङको मैवाखोला ३ ढुगेसाँघुमा जन्मिएकी झुमा वनेम लिम्बुलाई ‘ताप्लेजुङ सरोकार केन्द्र कलाकार पुरस्कार’ तर्फ नगद २५ हजार १ बाट पुरस्कृत गरिएको हो ।

उनले नेपाली मौलिक कला संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्‍याइ रैथाने भाकाको अध्ययन, अनुसुन्धान तथा खोज गरी नेपाली मौलिक कला संस्कृतिको विकासमा योगदान पुर्‍याएको साथै बाद्य बाद्यन क्षेत्रमा ढेला नेपाली लोक बाजाको विकास गरी सङ्गीत क्षेत्रमा नयाँ आयाम थपेको भन्दै सम्मान गरिएको निर्वतमान अध्यक्ष चित्रगुप्त सांवाले बताए । 

सांवाका अनुसार उक्त पुरस्कार सरोकार केन्द्रका संस्थापक अध्यक्ष तथा पूर्वमन्त्री भरत प्रधानले वितरण गरेका हुन् । सरोकार केन्द्रले गत वर्ष ‘ताप्लेजुङ साँझ’ सांस्कृतिक कार्यक्रम गरि ‘ताप्लेजुङ कलाकार कल्याण कोष’ स्थापना गरेको सांवाले बताए ।

यस्तै जनजाति प्रतिष्ठानका निर्मला तावा, जनजाती मिंग्माकामी शेर्पा, ए. आई. जी. चन्द्र प्रकाश गौतम, डि. आई. आई. जी. बुद्धी गुरुङ, स्वास्थ्य क्षेत्रमा विशेष योगदा पुर्‍याएका रत्न बहादुर थापा, मिस मंगोल २०१९ का विजेता सिभिरा, मिस मंगोल २०२१ रनरअप प्रिया लिम्बु मादेन, हास्य कलाकार भरत मणी पौडेल र ओलाङचुुङ गोला समाज कल्याण परिवारलाई प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको छ । 

साथै ताप्लेजुङ कलाकार कल्याण कोष ७ लाख र सामाजिक सेवा कोष २ लाखको स्थापना गरिएको र सिरीजङ्घा समाजलाई बाढी पीडित राहत सहयोगका लागि ५१००० हजार प्रदान गरिएको पनि जानकारी गाएका छन् । सरोकार केन्द्रको १७औ स्थापना दिवस तथा चौथो अधिवेशनबाट टंक श्रेष्ठको अध्यक्षतामा ६४ कार्यसमिति चयन भएका छन् ।

ताप्लेजुङबाट काठमाडौं उपत्यकामा आइ विभिन्न पेसा व्यवसायमा संलग्न ताप्लेजुङ बासीहरूको साझा छाता संस्था उक्त सरोकार केन्द्र ताप्लेजुङ बासीहरुबीच आपसी सहयोग, एकता तथा हार्दिकताको अभिवृद्धि गर्दै दुःख–सुखको साथी बन्ने र जिल्लाको विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापना भएको हो । 

यसअघि पनि सरोकार केन्द्रले वनभोज, मेला, महोत्सव, पदयात्रा, ताप्लेजुङ साँझ, देउशी–भैलो, शुभकामना आदान–प्रदान लगायत धेरै कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । यस्तै बाढी–पहिरो, आगलागी जस्ता दैवी प्रकोप लगायतका जिल्लावासीको दु स् खमा ताप्लेजुङ सरोकार केन्द्र साथी बनेको साँवाले बताए ।


प्रतिक्रिया दिनुहोस्