१७औं साधारण सभा तथा चौथो अधिवेशन गर्दै ताप्लेजुङ सरोकार केन्द्र

काठमाडौं । ताप्लेजुङबाट काठमाडौं उपत्यकामा आर्इ विभिन्न पेसा व्यवसायमा संलग्न ताप्लेजुङवासीहरुको साझा छाता संस्था ताप्लेजुङ सरोकार केन्द्र १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गर्दैछ । ताप्लेजुङबासीहरुबीच आपसी सहयोग, एकता तथा हार्दिकताको अभिवृद्धि गर्दै दुःख–सुखको साथी बन्ने र जिल्लाको विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापना भएको उक्त सरोकार केन्द्रले भदौं १६ गते बिहिबार १७औं साधारण सभा तथा चौथो अधिवेशन गर्ने भएको छ ।

दिनको १ः०० बजेबाट होटल हार्दिक बागबजारमा सुरु हुने उक्त साधारण सभाले नयाँ नेतृत्वको चयन गर्ने केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले जानकारी दिएका छन् । साथै सभामा “ताप्लेजुङ सरोकार केन्द्र कला पुरस्कार” वितरण, काठमाडौंमा क्रियाशील जिल्लाका सामाजिक संघसंस्थालाई प्रशंसापत्र वितरण, र आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिने उनले बताए ।

साधारणसभा तथा अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने साउन १७ गते बसेको केन्द्रको कार्य समिति बैठकले १५१ सदस्यीय अधिवेशन तयारी समिति समेत गठन गरेको छ । यसअघि सरोकार केन्द्रले वनभोज, मेला, महोत्सव, पदयात्रा, ताप्लेजुङ साँझ, देउसी–भैलो, शुभकामना आदान–प्रदान लगायतका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यस्तै बाढी–पहिरो, आगलागी जस्ता दैवी प्रकोप लगायतका जिल्लावासीको दुःखमा ताप्लेजुङ सरोकार केन्द्र साथी बनेको साँवाले बताए ।

यस्तै अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि निम्नानुसारका समिति तथा उप समितिहरु पनि गठन गरिएको छ ।

व्यवस्थापन समिति
अध्यक्ष : टंक श्रेष्ठ
बलबहादुर तामाङ
नन्दु वनेम
पदमजंग आङबुहाङ
डण्डु लामा
लोजक लामा
चुडामणी गिरी
भक्ती भट्टराई
महेन्द्र पालुङवा
सचिव सन्तोष मादेन

विधान संशोधन मस्यौंदा समिति
जिवन राई ‘चिन्तन’
जिवन बस्नेत

प्रचार उपसमिति
संयोजक : पदमजंग आङ्बुहाङ
चुडामणी गिरी
प्रेमहाङ वनेम
ग्याम्जू शेर्पा
दिपा परियार
हिमा कडरिया
धनजीत साँबा
राजेन्द्र श्रेष्ठ
निरोज लिवाङ
रोशनी माबो
चक्र श्रेष्ठ

स्वयम्सेवक उपसमिति
संयोजक : निरोज लिवाङ
सचिव रुपा आङबुहाङ

आर्थिक उपसमिति
मिङमा डण्डु लामा
भक्तिराज भट्टराई
लोजक लामा
पदमजंग आङबुहाङ (कार्यालय)


प्रतिक्रिया दिनुहोस्