कलाकारको बेइमानी हर्कत र लामा भिच्छु

ई.बीरेन्द्र श्रेष्ठ
ताप्लेजुङ । कबड्डी – ४ फिल्मकी नायिका मिरुना मगरलाई नियतबस एक जना लामा भिच्छुले छोएको भन्ने बिषयमा सबैको रोइलो छ । केहि मानिसको तर्क छ की लामा हेर्दै निर्दोष छन् र कोहि भन्छन मिरुना को हर्कत अस्वभाविक रहयो ।
एउटा सिनेमा सफल हुनुमा निश्चयनै त्येसको कथा बस्तु र त्यसलाई चरितार्थ गर्ने पात्रहरु मुख्य हुन्छन । जबसम्म त्यो सिनेमा हेरिन्छ त्यहाँका केहि पात्रहरुले देवत्वकरण प्राप्त गरेका हुन्छन भने केहि पात्रलाई अत्यन्तै राक्षसीकरण गरिएको हुन्छ र उनीहरुलाई त्यहाँका दर्शकले सरापी रहेका हुन्छन, त्यो नै ति कलाकारहरुको सार्थकता हो र सफलता पनि । म पनि एक गायन विधा भित्रको पात्र भएकोले मैले गाएको गीतले त्यो तिन चार मिनेट श्रोताको मन अड्याउन सकेन भने त्यो गीत र मेरो प्रयास असफल रहन्छ । सच्चा कलाकार र दर्शक श्रोता बीच प्रेम र सद्भाव का कुनै तुष नरहने भएकोले पराई जस्तो ब्यबहार कुनै पक्षले र बिशेषत कलाकारले नगरेको उत्तम किनकि कलाकारले सबै दर्शकलाई चिनेको हुदैन भने प्राय दर्शकले कलाकारहरुको बिषयमा बुझेर जानेर सिनेमा हेर्न गएका हुन्छन् । स्टार नायक पल शाह लाई नावालिक गायिका समिक्षा अधिकारी सँग यौन हिंसाको मुद्दा चलिरहेको छ, न्यायलयले दिने अन्तिम निर्णय के हुन्छ त्यो देख्न बाकी छ तर नेपालमा उहाँ (पल शाह)का फ्यान एति धेरै छन् की यो सब मान्न तैयार नै छैनन् । त्येसैले सेलेब्रिटीहरु आफ्नो निश्चित मापदण्डमा बसेको उत्तम ।

सामान्यतय पुरुष दर्शकहरु नायिका मन पराएर हेर्न जानेको संख्या पनि १५÷२० प्रतिशत हुन्छ भने महिला दर्शक हरुको लागी मन परेको नायक भनी हेर्न जाने फ्याक्टर पनि १५÷२० प्रतिशत नै हुन्छ ।
अव भन्नुस एउटी नारि र युवती दर्शकले नायकलाई आएर छोइन र नायक ले थप्पड हान्यो भने यो समाजले त्यो नायकलाई हेर्ने दृष्टिकोण र गर्ने ब्यबहार कस्तो होला ? त्येही परिस्थिति उल्टो हुदा कस्तो ? पक्कै पनि युवती र नारी माथि हातपात आदी र विभेद पुरुष सेलेब्रिटी प्रति अधिक गरिने चलन र मान्यता छ ।

सेलेब्रिटी भनेको सबैको साझा हुन्छ, भलै त्यो कुटीमा बस्ने ब्रम्हचारी हुन या कुख्यात प्लेब्वाई सबैको उनीहरु प्रतिको प्रेम र सद्भाव अलग्गै बनेको हुन्छ जसरि घरमा दाजुले आफ्नी बहिनीलाई र भाईले आफ्नी दिदिलाई सम्मान र प्रेम गर्छन् । ठुला–ठुला स्टार कलाकारहरुको कन्सर्टमा आफ्ना क्रसलाई देख्न पाउदा अकस्मात पक्षघात भै देह त्याग गरेको धेरैले सुन्नु भएको होला । यो ब्रम्हाण्डमा अनेकन प्रवृत्ति पाईन्छ त्येसैले जो पब्लिक फिगर बन्न खोज्छ भने उसले आफ्नो स्वभाव र आम दर्शक श्रोता प्रति श्रद्धा राख्नु जरुरि छ, दर्शक र श्रोता भगवान भन्ने अनि भीडमा गएर थप्पड हान्ने कार्य सर्वथा अनुचित हो । सच्चा फ्यानहरुले ति स्टारहरुलाई आफ्नो क्रस मान्छन र आफ्नो अगाडी देख्न पाउदा बिश्वास नलागेर छुन खोज्छन, यो उनीहरुको गल्ती हैन, केवल त्यो उसै प्रतिको सच्चा प्रेमलाई आफुले ठम्याउन नसकेर स्पर्श गरेर प्रमाणित गर्न खोजेको मात्र हो ।

ई.बीरेन्द्र श्रेष्ठ, नेपालको जलबिद्युत क्षेत्रका चिनिएका नाम हुन । घर हाम्रो लेकैमा नेपाल देशैमा, जाले रुमाल, हिउ पर्यो फुरुरु जस्ता चर्चित गीत हरुका गायक श्रेष्ठ ओएस अवार्ड र अन्य धेरै अवार्ड हरुबाट बाट सम्मानित भै सकेका छन् । हाल उनि आफ्नै गृह जिल्ला ताप्लेजुङमै एउटा जलबिद्युत आयोजनाको निर्माण र आम जनताको पहुँचको कृषि ब्यबसाय र अन्य सामाजिक कार्यमा समेत लागी परेका छन् ।


प्रतिक्रिया दिनुहोस्