नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका २३ बागी उम्मेदवारलाई निष्कासन

काठमाडौं । नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ ।

काँग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा प्रस्तावक र समर्थक बसेकालाई पार्टीबाट निष्कासन गरेको उल्लेख गरेको छ ।

सभापति दीपक खड्काले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने २३ जनालाई कारबाही गरेको जानकारी दिए ।

कारबाहीमा पर्नेमा धर्मदेवी नगरपालिकाका डम्बरकुमार पौडेल, राजु घिमिरे, भोलामान घिमिरे र नवराज भण्डारी, मादी नगरपालिकाका यादवचन्द्र खड्का, मकालु गाउँपालिकाका बालकुमार राई, मीनलाल राई, राजीव कटुवाल, दिपेश गुरुङ, धनबहादुर तामाङ, दिलीप तामाङ, आङरिन्जे शेर्पा, धनबहादुर तामाङ र दिलीप विक छन् ।

यस्तै पाँचखपन नगरपालिकाका सन्तोष बस्नेत, भरत बस्नेत, तिलक तामाङ, पूर्णबहादुर थापा, पुष्पबहादुर गुरुङ, सागर विक, कुमार राई, सलन राई र सन्देश याक्खालाई पनि कारबाही गरेको काँग्रेस सङ्खुवासभाले जनाएको छ ।

उनीहरुलाई पार्टीको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद ९, धारा ३४, १ (घ) बमोजिम कारबाही गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्