ज्याकलिनको ७.१२ करोड सम्पत्ति जफत प्रकाशित मिति : 1 May, 2022 6:12 pm एजेन्सी – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको सम्पत्ति जफत गरिएको छ । भारतीय सञ्चारमाध्यम न्युज १८ का अनुसार ज्याकलिनको नाममा रहेको ७.१२ करोड बराबरको सम्पत्ति जफत गरिएको हो । पछिल्लो खबरअनुसार प्रवद्र्धन निर्देशनालय (ईडी)ले दुई सय करोड मनी लाउन्ड्रिङ मुद्दामा मुछिएकी ज्याकलिनको सात करोड भारु बराबरको सम्पत्ति जफत गरेको छ । उक्त सम्पत्तिमध्ये ५.७१ करोड भारु चन्द्रशेखरले ज्याकलिनलाई उपहार दिएको ठानिएको छ । साथै, चन्द्रशेखरले ज्याकलिनको परिवारलाई १ लाख ७३ हजार अमेरिकी डलरदेखि २७ हजार डलरसम्म रकम दिएको अनुमान गरिएको छ । यसअघि ईडीसँगको बयानमा सुकेशले ज्याकलिनलाई गुसी च्यानलमार्फत १५ जोडी इयररिङ, मूल्यवान ब्याग र अन्य विलासी सामग्री गिफ्ट दिएको बताएका थिए । साथै, सात करोड बराबरको गहना र एस्पुला नामक घोडा पनि उपहार दिएको सुकेशले बताएका थिए । अमेरिकामा बसोबास गर्दै आएकी ज्याकलिनकी बहिनीलाई पनि सुकेशले १ लाख ५० हजार अमेरिकी डलर ऋण समेत दिएको जनाइएको छ ।