स्थानीय तहको निर्वाचनको लागि ३६ लाख ५९ हजार बढी मतदाता थपिए काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनको लागि ३६ लाख भन्दा बढी मतदाता थपिएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा अहिले ३६ लाख ५९ हजार २९९ मतदाता थपिएका निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या बढेको छ । यसअघि आयोगले मतदाताको संख्या केहि घट्न सक्ने आंकलन गरेको थियो । तर मतदाताको सख्या बढेको आयोगले जनाएको छ । २०७४ सालमा भएको निर्वाचनमा १ करोड ४० लाख ७४ हजार ४४० मतदाता थिए ।