स्थानीय तह चुनाव : काठमाडौं महानगरपालिकामा ३ लाख २ सय ४२ मतदाता, मनाङको नार्पाभूमिमा ४४८

काठमाडौं । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि पालिकातर्फ सबैभन्दा धेरै मतदाता काठमाडौं महानगरपालिकामा रहेका छन् । काठमाडौं महानगरपालिकामा तीन लाख दुई सय ४२ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो नम्बरमा पोखरा महानगरपालिका रहेको छ । पोखरा महानगरपालिकामा दुई लाख सात हजार सात सय १२ जना मतदाता रहेका छन् भने तेस्रो नम्बरमा चितवनको भरतपुर महानगरपालिका छ । यहाँ एक लाख ८५ हजार सात सय ५२ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

यस्तै पालिकामा सबैभन्दा कम मतदाता मनाङको नार्पाभूमि गाउँपालिकामा जम्मा चार सय ४८ जना मात्रै रहेका छन् । त्यसपछि दोस्रो नम्बरमा मनाङकै चामे गाउँपालिकामा सात सय ११ जना र तेस्रो नम्बरमा डोल्पाको छार्का ताङसोङ गाउँपालिका रहेको छ । यहाँ नौ सय ६७ मतदाता रहेका छन् ।

यस्तै जिल्ला अन्तर्गत सबैभन्दा धेरै मतदाता मोरङमा रहेका छन् । मोरङमा सात लाख १५ हजार दुई सय २३ जना मतदाता रहेका छन् । दोस्रो नम्बरमा झापा रहेको छ । झापामा ६ लाख ४६ हजार दुई सय ३४ र तेस्रो नम्बरमा रहेको काठमाडौंमा ६ लाख ३७ हजार सात सय ७५ जना मतदाता रहेका आयोगले जनाएको छ ।

यस्तै जिल्लातर्फ सबैभन्दा कम मतदाता मनाङमा ६ हजार चार सय ९६ जना रहेका छन् । दोस्रो नम्बरमा रहेको झापामा १० हजार चार सय ८५ र तेस्रो नम्बरमा डोल्पा रहेको छ । डोल्पामा २२ हजार चार सय ४० जना मतदाता रहेका आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्