राष्ट्रिय जनगणनामा नेपाल शेर्पा संघको अपिल, शेर्पा लेखौं, शेर्पा लेखाऔं प्रकाशित मिति : 16 February, 2021 9:22 am काठमाडौं । नेपाल शेर्पा संघले २०७८ को राष्ट्रिय जनगणनामा शेर्पा लेखौं, शेर्पा लेखाऔं भनि अपिल गरेको छ । संघले आगामी जेठ २५ देखि असार ८ गतेसम्म हुने जनगणनामा शेर्पा जातिको यथार्थ तथ्याङ्क पत्ता लगाई राज्यमा पहुँच स्थापित गर्न सो अपिल गरेको हो । साथै संघले जात जातिमा शेर्पा, थर र धर्ममा,बैद्ध र बुद्ध मातृभाषामा शेर्पा र दोस्रो भाषामा नजिकको आदिवासी समुदायको भाषा अनिवार्य उल्लेख गर्न समेत आव्हान गरेको छ । जनगणनामा घरदैलो, टोलमा आउने गणकद्धारा सोधिने प्रश्नावली मध्ये मूख्य रुपमा बुँदाहरु ३.६, ३.७, ३.८, ३.९, र ३.१० को ठीक–ठीक रुपमा उत्तर दिन समेत संघले आग्रह गरेको छ । शेर्पा समुदायको एकिन तथ्याङ् पत्ता लगाउनको लागि संघले विभिन्न कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । कार्यक्रम अन्तर्गत केन्द्रीय तथ्याङ् विभागसँगको साँझेदारीमा शेर्पाको तथ्याङ्क सम्बन्धी छुट्टै प्रतिवेदन तयार गरि सार्वजनिक गर्ने, संघ प्रदेश स्थानिय तह स्तरीय अभिमुखिकरण, सचेतिकरण कार्यक्रम सञ्चालन गर्ने साथै अडियो श्रव्यदृष्य पर्चा ब्रोसर मार्फत व्यापक प्रचार प्रसार गर्ने लगायतका कार्यक्रम रहेको संघका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिनुभयो । अध्यक्ष शेर्पाले आफ्नो जातीय पहिचान, भाषा, धर्मबारे स्पष्ट रुपमा टिपोट गर्न अनुरोध गर्दै थरसँगै जात अनिवार्य लेख्नुपर्ने हुन्छ नत्र अन्यथा हुने देखिएले ‘कुनैको थर लामा हो भनेपनि लामा शेर्पा लेख्न लगाउनुपर्छ । त्यस्तै कतिपय शेर्पाहरुको थर मात्रै टिपाउने गरेकोमा आगामी जनगणनामा थरसँगै शेर्पा अनिवार्य लेख्न भनिएको छ । नागरिकतामा लामा मात्रै भएकाले पनि जनगणनामा शेर्पा लेख्नुपर्दछ ।’ ‘कुनै दुविधा भएमा स्थानीय जनप्रतिनिधी, शेर्पा शिक्षक कर्मचारी, राजनैतिककर्मी, बुद्धिजिविहरुसँग सल्लाह लिनु हुन र सामाजिक अभियन्ताहरुले आफ्नो गाउँटोल, छिमेकमा यसरी नै सही तथ्याङ संकलनमा सहयोग गरी दिन समेत अनुरोध गरेको छ ।’